दक्षिणकालीमा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

दक्षिणकालीमा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

काठमाडौं । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच दक्षिणकाली नगरमा चुनावी तालमेल हुने भएको छ ।

दक्षिणकाली नगरपालिकाको आवश्यकता अनुसार तालमेल भएको नगर समिति बैठकमा सहभागि नेताले बताए ।

निर्वाचनमा संयुक्त गठबन्धन गरी सहभागी हुने, गठबन्धनको मर्म र भावना अनुसार एक आपसमा हार्दिकता कायम गर्ने, निर्वाचनमा दुवै दलले एउटै चुनाव चिन्ह रुखबाट उम्मेदवार दिने सहमति भएको नेपाली काँग्रेसले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.