काठमाडौं । बडादसैंको टीका साइत बिहान १० बजेर २ मिनटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले बताएको छ ।
समितिका अनुसार शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले छ ।
आठ बजेर १९ मिनटमा घटस्थापनादेखि पूजा गर्न थालिएकी देवीलाई विर्सजन गर्ने साइत रहेको समितिले जनाएको छ ।
