भर्खरै : Sorry, your browser does not support inline SVG.
२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा |

ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी,आठ अर्ब रुपैयाँले एलपी ग्यास आयात घट्यो

ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी,आठ अर्ब रुपैयाँले एलपी ग्यास आयात घट्यो

काठमाडौं । ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी आएको छ । नेपालमा विभिन्न ५५ वटा ग्यास उद्योगले आयात गरी बजारमा वितरण गर्ने गरेको भएपनि आर्थिक संकका कारण बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको हो । आर्थिक वर्ष २०७९ र ८० मा ५३ अर्ब रुपैयाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ।

आव २०७८ र ७९ मा ६१ अर्ब रुपैयाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो। अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपैयाँ बराबरको ग्यास आयात कम भएको नेपाल आयल निगमले जनाएको छ । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकोमा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको निगले जनाएको हो। आर्थिक संकटका कारण होटल, रेष्टुरेन्टको व्यापारकम हुनु, विद्युत् आपूर्ति नियमित हुनु, बढ्दो महँगीलगायले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको आकलन गरिएको छ ।

खाना पकाउन बिजुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको हुन सक्ने र आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको निगमको भनाइ छ। मुलुकमा देखिएको आर्थिक कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको हो ।

विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको र बिजुलीभन्दा सस्तो पर्ने र पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इण्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको जानकारहरुको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.