भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी

संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं । संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । बिहीबारको बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेरपछि संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरिएकाे छ ।

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने भन्दै सरकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो ।

तर ती दुवै विधेयक पास नगरी संसद अधिवेशन अन्त्य गर्ने तयारी भएकाे सांसदहरूले बताएका छन् ।

बुधबार बसेकाे कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल अनुसार आज संसद अधिवेशन अन्त्य हुने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.