भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

ठुलो परिमाणको गाँजासहित धरानबाट दुई जना पक्राउ

ठुलो परिमाणको गाँजासहित धरानबाट दुई जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा ठुलो परिमाणको गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले २ सय २७ केजी गाँजासहित धनकुटाका चन्द्र थापा र तेह्रथुमका चुडामणि कटवाललाई बिहीबार पक्राउ गरेको हो ।

धरानको शिवधारामा सवारी जाँचका क्रममा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ । बरामद गाँजा, ट्रक र तस्करीमा संलग्न दुवै जनालाई आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२००१ ख ९४८९ नम्बरको ट्रकमा ल्याउँदै गरेको २ सय २७ केजी गाँजा र नगद ६० हजार बरामद गरिएको सुनसरी सशस्त्र प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.