भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर | मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी |

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

मुख्य  बुँदा

ल्हेन्दे खोलाको बाढीबाट विस्थापित टिमुरेका ४८ जना गाउँ फर्किए ।

मंसिर १ गतेदेखि खैँदीमा टेन्ट टाँगेर बस्न थाले ।

विस्थापित ६८ घरधुरीमध्ये ४८ जना जन्मभूमि र परम्परा जोगाउन फर्किएका हुन् ।

खेतीकिसानी र पशुपालन गरेर जीवन चलाउने उनीहरूको सोच छ ।

सरकारले अस्थायी बसोबासको ठोस व्यवस्था नगर्दा पीडित अन्योलमा छन् ।

काठमाडाैं,२ मंसिर । गत भदौ १० गते ल्हेन्दे खोलाको बाढीले विस्थापित रसुवा–टिमुरेका ४८ जना मङ्सिर १ गतेदेखि खैँदीमा टेन्ट टाँगेर बस्न थालेका छन्। स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीमध्ये ४८ जना जन्मभूमि र रीतिरिवाज जोगाउन गाउँ फर्किएका हुन्।

सरकारले अस्थायी बसोबासको ठोस व्यवस्था नगर्दा बाढीपीडित अन्योलमा रहेको स्थानीयले बताएका छन्। २ मंसिर, रसुवा । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा–टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।

विस्थापित ६८ घरधुरीमध्येबाट ४८ जना यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौँमा बस्न नसकेपछि गाउँ फर्किएका हुन् ।  स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीमध्येबाट ४८ जना गाउँ फर्किएका छन् । आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्किएको उहाँले बताए ।

सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उनको भनाइ छ । विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए ।

बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौंमा बस्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले खेती किसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ गाउँ फर्किएको बताए ।टिमुरेका अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए ।

तीमध्ये १५१ बालबालिका र ८० जना वृद्धवृद्धा थिए । सरकारले अहिलेसम्म पीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस निर्णय नगर्दा उनीहरू अन्योलमा परेको उनले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.