डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । अमेरिकी डिभीको नतिजा सार्वजनिक भएको छ ।सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक गरिएको हो ।

www. dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने ब्यवस्था रहेको छ ।कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ ।

साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ । यो नतिजामा डीभी परेकाहरुलाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भईसक्नु पर्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.