भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

डोटीको धिर्कामाण्डौँमा व्यावसायिक कालिजपालन शुरु

डोटीको धिर्कामाण्डौँमा व्यावसायिक कालिजपालन शुरु

डोटी । डोटीको पूर्वी क्षेत्रको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँमा व्यावसायिक रुपमा काजिलपालन शुरु गरिएको छ । स्थानीयवासी युवा देवबहादुर बोहरासहितका चार जनाले संयुक्त रुपमा कालिज बहुउदेश्यीय फार्म खोली व्यावसायिक रुपमा कालिजपालन शुरु गरेका हुन । काठमाडौँ र कैलालीबाट कालिजका चल्ला ल्याएर गाउँमा फार्म खोली उहाँहरुले व्यवसाय शुरु गर्नुभएको छ । रु २१ लाख ९७ हजार लागतमा ५०० चल्ला राखेर कालिजपालन शुरु गरिएको सञ्चालक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,“चार जना मिलेर कालिजपालन व्यवसाय शुरु गरेका छौँ, राम्रै फष्टाउने आस गरेकाछौँ ।”

उक्त फार्मले निकट भविष्यमा ‘ह्याचरी’ शुरु गर्ने तयारी गरेको सञ्चालक बोहराको भनाइ छ । धिर्कामाण्डौँ गाउँको डाँडा घेरबार गरेर कालिजपालन व्यवसाय शुरु गरिएपछि अहिले उहाँको फार्ममा कालिज हेर्न तथा किन्न आउनेको भीड बढ्न थालेको स्थानीयवासी गणेश बमले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जङ्गलमा मात्रै कालिज देखेका थियौँ, अहिले देबबहादुरले घरैमा कालिजपालन शुरु गरेपछि किन्न र कालिज हेर्नकै लागि भए पनि स्थानीयवासीको भीड बढ्ने गरेको छ ।” कालिज व्यवसाय फष्टाउँदै गए फार्मको थप विस्तारसँगै यहाँका मुख्य शहरमा कालिज रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको बोहराले बताउनुभयो ।

उहाँले थप भन्नुभयो,“गाउँमा कालिज हुर्काउने, पालन गर्ने काम गर्छौँ, दिपायल वा कैलालीमा कालिज रेष्टुरेन्ट स्थापना गरेर कालिज पारखीलाई सेवा दिने छौँ ।” कालिजपालक किसान बोहराले हाल प्रति एक केजीको भाले कालिज रु तीन हजारमा बिक्री गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लापछि डोटीमा पनि कालिजपालन शुरु गरिएको हो । कालिजपालन व्यवसाय गर्ने बोहरा सुदूरपश्चिम प्रदेशकै दोस्रो किसान भएको पशुसेवा विज्ञ केन्द्र तथा भेटनरी अस्पताल सिलगढीका प्रमुख खडकबहादुर शाहले जानकारी दिनुभयो ।

नेपालमा कालिजपालन नयाँ व्यवसाय भएको र जिल्लाको ग्रामीण क्षेत्रमा किसानले ठूलो लगानी लगाएर कालिजपालन गर्नु प्रशंसनीय कार्य भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा कालिजपालन व्यवसाय नौलो हो, गाउँमा युवाहरुले ठूलो लगानीमा उक्त व्यवसाय शुरु गरेका छन्, गाउँपालिकाले पनि आफ्नो तर्फबाट कालिजको बजारीकरणदेखि अन्य गर्नसक्ने सहयोग गर्ने छ ।” डोटीमा कालिजपालन नौलो व्यवसाय भएका कारण कालिजपालनले राम्रो आम्दानीसहित आयस्रोतको उच्च सम्भावना रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुखुरापालनका लागि त अनुदान मिल्छ भने कालिजपालनका लागि पनि हामी अवश्य सहयोग गर्ने छौँ, व्यवसाय फष्टाउनु प¥यो ।” प्रदेश तथा स्थानीय सरकारले यहाँका युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसायको थालनी गरिन थालिएको संविधानसभा सदस्य यज्ञराज पाठकले बताउनुभयो । उहाँले भन्नुभयो,“प्रदेश तथा स्थानीय सरकारले युवा लक्षित गरी ल्याएको कार्यक्रम प्रभावकारी छ, जसले गर्दा बेरोजगार भएका युवा स्वरोजगार हुने तथा आर्थिकस्थिति बलियो बन्ने देखिन्छ ।रासस

 


Thali Mobile Pvt.Ltd.