भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

वाग्मती प्रदेशका सभामुखद्वारा कम्बल वितरण

वाग्मती प्रदेशका सभामुखद्वारा कम्बल वितरण

वाग्मती प्रदेश ।  वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका ४२५ घर परिवारलाई कम्बल वितरण गर्नुभएको छ । सामाजिक संस्था बाल विकास कार्यक्रम नेपालको आयोजना एवं केएफएचआइ नामक संस्थाको सहयोगमा बुधबार उहाँले कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ९ र १० का ४२५ परिवारलाई कम्बल वितरण गर्नुभएको हो । वृद्धवृद्धा, असहाय र गरिबलाई चिसोबाट जोगाउन प्रतिपरिवार एउटाको दरले ४२५ परिवारलाई कम्बल वितरण गरिएको छ । त्यस अवसरमा सभामुख श्रेष्ठले नागरिकलाई चिसोबाट जोगाउने दायित्व सबैको भएको बताउनुभयो ।

चिसो मौसम शुरु भएको र उक्त क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले संस्थाले आफ्नो कार्यक्षेत्रका नागरिकलाई चिसोबाट जोगाउने उद्देश्यका साथ कम्बल वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भई न्यानो ओढ्ने, ओछ्याउने नभई समस्या उत्पन्न हुनसक्ने अवस्थालाई ध्यानमा राखेर कम्बल वितरण गरिएको बाल विकास कार्यक्रम नेपालका संयोजक रामलाल स्याङ्बोले बताउनुभयो । संस्थाले गाउँपालिकाको ३, ४, ९, १० वडालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।

हेटौँडा बजारमा पैदलयात्रुका लागि कुर्ची

वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मुख्य शहर क्षेत्र हेटौँडा बजार क्षेत्रमा पैदलयात्रुको सहजताका लागि बजारका विभिन्न स्थानमा सिमेन्टका कुर्ची व्यवस्थापन गरिएको छ । हेटौँडाका ठाउँठाउँमा पैदलयात्रुलाई बस्नका लागि विभिन्न बजारी क्षेत्रमा सिमेन्टका २५ वटा कुर्ची राखिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो । सो कुर्चीको आर्थिक व्यवस्थापन हेटौँडा उपमहानगरपालिकाले गरेको छ । हेटौँडाको बुद्धचोकमा चार, सिमाचोकमा तीन, अजम्बरोडमा दुई, वासुकला चोकमा तीन, मानसचोकमा दुई, नगरपालिका रोडमा चार र मनकामना जाने बाटोमा छ वटा कुर्ची राखिएको छ । सिमेन्टका रङ्गिन कुर्ची राखिएपछि यात्रुलाई बस्नका लागि सजिलो भएको र यस क्षेत्र सुन्दरसमेत देखिएको छ । बस्नका लागि कुर्ची राखेपछि यात्रुसमेत खुशी भएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.