भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डोटीमा भूकम्पको धक्का

डोटीमा भूकम्पको धक्का

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले जानकारी दिनुभयो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस गराएको बताइएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिक कोलाहल गर्दै घर बाहिर निस्किएका थिए । भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।रासस

 


Thali Mobile Pvt.Ltd.