भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य | आफ्नो पीडा भुलेर नागरिक बचाउन अहोरात्र खटिँदै नेपाल प्रहरी | ग्यास अभाव चर्किएपछि तराईका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं ल्याउन थालियो |

पर्सा निकुञ्जपूर्व पहिलो पटक पाटेबाघ फेला

पर्सा निकुञ्जपूर्व पहिलो पटक पाटेबाघ फेला

पर्सा  । लोपोन्मुख पाटेबाघ यहाँ फेला परेको छ । इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको पाटेबाघ सिसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।
कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापमध्ये एउटामा पाटेबाघ कैद भएको वन तथा भूसंरक्षण विभागले जनाएको छ । यससँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ ।

चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा अभिलेखन भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला निकुञ्जसँग जोडिएको छ । नेपालमा पाटेबाघको संख्या २३५ छ । रासस

 


Thali Mobile Pvt.Ltd.