भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ढुवानी रोकेरै खाेपका लागि आन्दोलन

ढुवानी रोकेरै खाेपका लागि आन्दोलन

काठमाडौं । चालकहरूको आन्दोलनका कारण अमलेखगन्ज डिपोमा भारतबाट हुने पेट्रोलको आयात ठप्प भएको छ । बागमती प्रादेशिक डिपो थानकोट र यहाँबाट प्रदेशभरिका पम्पहरूमा हुने ढुवानी पनि अवरुद्ध भएको छ ।

निषेधाज्ञाले पेट्रोलियम खपत न्यून रहेका कारण असर कम देखिए पनि चालकहरूको आन्दोलनले वितरण प्रणाली अवरुद्ध भएको थानकोट डिपोले जनाएको छ । आन्दोलित ट्यांकर चालकहरूले कोरोनाको खोप लगाउनु पर्ने माग राखेका छन् ।

आफूहरूमाथि अन्याय भएको भन्दै विराटनगर, भैरहवा र नेपालगञ्ज डिपोले आफ्नो मातहतका चालकलाई खोप लगाएको र आफुहरुले पनि आवश्यक ठाउँमा पत्राचार गरेको तर खोप नदिएकाले दबाब दिन सेवा अवरुद्ध गरिएको डिपो प्रमुख ले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.