भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

तपाईले खाने चामलको मूल्य कति ? के तपाईलाई थाहा छ ?

तपाईले खाने चामलको मूल्य कति ? के तपाईलाई थाहा छ ?

काठमाण्डौ । के तपाईलाई बजारमा उपभोग्र्य वस्तुको मूल्य कति छ भन्ने कुरा थाहा छ ? छैन भने दैनिक उपभोग्य वस्तुको भाउ दैनिक बढि रहेको छ । गोलभेडाको भाउ दिनहुँ बढ्दै गएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको चामलमा समेत मूल्य बृद्धि गरिरहेका छन् ।

बजारमा गोलभेडासँगै, चामल, जिरालगायत दैनिक उपभोग्य वस्तुको भाउ आकाशीएको छ । तीन महिना पहिला आठ सय प्रतिकिलोमा पाइने जीरा अहिले एक हजार चार सय रुपैयाँसम्म पुगेको छ । भारतमा जीरा उत्पादन कम भएका कारण नेपालमा त्यसको असर परेको छ ।

२० किलो प्रतिबोरा चामलको भाउ तीन सय रुपैयाँले बढे पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । भारतको चामल निर्यात बन्देजको बहानामा नेपाली बजारमा अस्वभाविक मूल्य बढेको छ । गएको असार ३ गते किलोको पाँच रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा फालेर विरोध गरेका थिए ।

अहिले किसानले खेतबारीमै किलोको ७५ देखि ८० रुपैयाँसम्म पाइरहेका छन् । गोलभेडाको मूल्य बढ्न थालेपछि किसान उत्साहित भएका छन् भने उपभोक्ता भने महँगीको मारमा परेका छन्। बजारमा जीराको भाउ अचाक्ली बढेको छ । बजारमा गोलभेडाको भाउ दिनहुँ बढिरहेको छ । थोक बजारमा नै ठूलो गोलभेडा किलोको एक सय ८० रुपैयाँसम्म पुगेको छ ।

सानो गोलभेडा किलोको ६५ देखि ७५ रुपैयाँ र टनेलको सानो गोलभेडा ८० रुपैयाँदेखि ९५ रुपैयाँ थोक मूल्यमा पुगेको छ । उपभोक्ताले खुद्रा पसलमा किन्दा दोब्बर तेब्बर महँगो छ ।

 


Thali Mobile Pvt.Ltd.