भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तराई–मधेशमा छठ पर्वको रौंनक

तराई–मधेशमा छठ पर्वको रौंनक

सर्लाही । मिथिला क्षेत्रमा छठपर्वको रौंनकता छाएको छ । सर्लाहीलगायत तराई–मधेशका नागरिक छठ पर्वका लागि आवश्यक पर्ने सामग्रीको किनमेल गर्नेको घुइचोले छठकको रौंनकता छाएको हो । दीपावली सकिएसँगै तराई–मधेशवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त छन्। जनकपुरधामसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा चहलपहल बढेको छ।

कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ। छठ पूजाका लागि आवश्यक सामग्री, हरिया तरकारी र फलफूल किन्नेको बजार क्षेत्रमा निकै भीडभाड देखिएको छ। छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले सर्लाहीसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा हुने प्रचलन रहेको छ । छठी मातालाई स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट आदि प्रसादको रुपमा चढाइन्छ। यस समयमा माटो तथा बाँसका सामग्री पनि खरिद गर्ने परम्परा छ।

जनकपुरको गंगा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ।

तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भीड लागेको छ । यो वर्ष छठ पर्वको मुख्य दिन मंसिर ३ गते परेको छ। छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ।

 


Thali Mobile Pvt.Ltd.