भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तिलागुफाको मेयरमा कांग्रेसका शंकरप्रसाद निर्वाचित

तिलागुफाको मेयरमा कांग्रेसका शंकरप्रसाद निर्वाचित

कालीकोट । तिलागुफा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । दुई हजार ९१६ मत ल्याएर उनी मेयरमा निर्वाचित भएका हुन् ।

प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले दुई हजार ५४० मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले ७८० मत पाएका छन् । उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

उनले दुई हजार ७५९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीताकुमारी वलीले दुई हजार ४१५ मत पाएकी छिन् ।०७४ मा माओवादीका रतनबहादुर शाही र उपप्रमुखमा दन्ता नेपाली निर्वाचित भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.