काठमाडौं । संघीय संसद्को ११ औँ अधिवेशन मंगलबारबाट सुरु हुँदै छ ।
१५ जेठमा आर्थिक वर्ष २०७९/०८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले अधिवेशन आह्वान गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् । अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो ।
प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची यस्तो छ ।

