भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

तिला गाउँपालिकामा आगलागी, चार बालबालिकाको ज्यान गयो

तिला गाउँपालिकामा आगलागी, चार बालबालिकाको ज्यान गयो

जुम्ला । तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ। आगलागीबाट मानसिं सार्कीका दुई छोरी, छोरा र भान्जीको मृत्यु भएको हो ।

११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आगलागीबारे राति पौने १२ बजे प्रहरीलाई जानकारी भएको प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

उनले भने, ‘सूचना पाउनेबित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो।’ आगलागीको कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा लगिएको प्रहरीको भनाइ छ। आगलागीबाट घरको दोस्रो र तेस्रो तलामा पूर्णरूपले क्षति भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको चन्दले बताए ।

 


Thali Mobile Pvt.Ltd.