काठमाडौं । अदुवा मानव शरीरका लागि धेरै फाइदाजनक छ । प्रायः हामी तरकारीमा मसलाको रूपमा अदुवालाई प्रयोग गर्दछौं । घाँटी दुखेको समयमा पानी तताएर त्यसमा अदुवा हालेर पनि खाने गर्छौं । अदुवाले विभिन्न रोगलाई पनि निको पार्ने गर्दछ ।
अदुवापानीलाई नियमित रूपमा सेवन गरे शरीरलाई फाइदा मिल्दछ ।
के छन् त फाइदा ?
हरेक दिन अदुवापानी पिउनाले पाचन प्रक्रिया राम्रो बन्दछ । साथै पेट पोल्ने समस्या हटेर जान्छ । अदुवा पानी पिउनाले सुगर कन्ट्रोल गर्दछ । त्यसैले डायबिटिजका बिरामीहरूका लागि पनि अदुवापानी अति उपयोगी छ ।
ब्लड सुगरको मात्रा कन्ट्रोल गर्ने अदुवाको विशेषता हो । साथै मोटो मानिसले अदुवापानी नियमित सेवन गर्दा शरीरको तौल घट्दै जान्छ । त्यसैले मोटोपनले सताएको छ भने अदुवापानीको नियमित प्रयोग गर्नु फलदायी हुन्छ ।
यति मात्रै होइन एक अध्ययनका अनुसार महिनावारीको समयमा नियमित हल्का तातो अदुवापानी पिउनाले पेट दुखाइ कम गर्दछ । अदुवा पानी पिउनाले शरीरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाइ कम हुन्छ ।
अदुवा पानी नियमित पिउनाले मस्तिष्कका कोषहरूमा आराम मिल्छ र टाउको दुख्न कम हुन्छ ।नियमित अदुवापानी पिउनाले शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले रगत सफा हुन्छ ।
रगत र छालाको इन्फेक्सनको खतरा कम हुन्छ । अदुवा पानी पिउनाले शरीरको रोग प्रतिरक्षा क्षमता बढ्छ । यसले रूघाखोकीको खतरा टर्छ । अदुवापानीमा एन्टी ब्याक्टेरियल तत्त्व हुन्छ । यसको पानी पिउनाले खोकीको समस्या हट्न मदत पुग्छ ।