भर्खरै : Sorry, your browser does not support inline SVG.

त्रिभुवन विमानस्थलमा ५५ किलो गाँजा कहाँबाट ल्याइयो ?

त्रिभुवन विमानस्थलमा ५५ किलो गाँजा कहाँबाट ल्याइयो ?

काठमाडौं । शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भयो ।

१०८ वटा कार्टुनमा प्याक गरेर खुल्लेआम ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँनु कसरी सम्भव भयो ?

यसमा ककस्को मिलिमत्व छ ? अहिले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भन्सार कार्यालयले दिएको जानकारीका आधारमा विमानस्थलमा कडाइ गरिएको छ ।

त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनमाथि शंका लागेर चेक जाँच गर्दा गाँजा भेटिएको थियो ।

उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएर कडाइपूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.