भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

त्रियुगा नगरपालिकामा आजैदेखि मतगणना हुने

त्रियुगा नगरपालिकामा आजैदेखि मतगणना हुने

उदयपुर । त्रियुगा नगरपालिकामा पुनः मतगणना नुहने भएको छ । वडानम्बर १२ मा पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले नसुनेरै मतगणना गर्ने निर्णय गरेको हो । आजैदेखि मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।

उनले भने, ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ, मतगणनाको तयारी गर्दैछौं ।’ मतदानमै विवादित भएसँगै मतगणना स्थगित भएको थियो । पुनः मतदान गर्ने सूचना टाँसिएको तर, मतगणना हुने भनेपछि अहिले त्यहाँको माहोल उत्साहित भएको छ ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपालगायतले पुनः मतदानको माग राखेका थिए । एमाले र कांग्रेसले मत गणनाका लागि दवाव दिदै आएपछि अहिले मतगणनाको तयारी थालेको आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.