भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

थन्थु दरबार पुनःनिर्माणस्थलको निरीक्षण

थन्थु दरबार पुनःनिर्माणस्थलको निरीक्षण

भक्तपुर । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांग, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य तथा दुर्हाम विश्वविद्यालयका प्रो. रोबिन कनिङघमसहितको टोलीले मंगलबार भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको भक्तपुर दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार पुनःनिर्माण क्षेत्रमा स्थलगत निरीक्षण गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीसहितको उपस्थितिमा भएको उक्त निरीक्षणका क्रममा नगर प्रमुुख प्रजापतिले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भक्तपुर नपाको पुरानो भवनको रुपमा रहेको थन्थु दरबार पुनःनिर्माण कार्य बहुवर्षीय योजनाको रुपमा अगाडि बढाइएको र सो दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण गर्ने योजनाअनुसार नगरपालिका अगाडि बढेको बताए ।

भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी पुरातत्व विभाग समेतबाट नक्सा स्वीकृत गराइ पुनःनिर्माण कार्यलाई अगाडि बढाइएको हो । पुरानो भवन भत्काइसकेको र पुरातत्व विभागसँग समन्वयमा उक्त दरबार पुनःनिर्माण कार्य नगरपालिकाले गर्दैछ ।

 


Thali Mobile Pvt.Ltd.