भर्खरै : Sorry, your browser does not support inline SVG.
स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ |

थप १४५४ जनामा संक्रमण ९७२ जना डिस्चार्ज, मृतकको संख्या ३२२ पुग्यो (भिडियो)

थप १४५४ जनामा संक्रमण ९७२ जना डिस्चार्ज, मृतकको संख्या ३२२ पुग्यो (भिडियो)

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/2738877446387974/

उपत्यकामा ६९६ संक्रमित, हालसम्मकै सबैभन्दा बढी
काठमाडौं उपत्यकामा शुक्रबार ६९६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको छ। काठमाडौंमा ८ हजार ७ सय २६ ललितपुरमा १ हजार ९२ र भक्तपुरमा ८९० संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ। आज ९ सय ७२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। १७० आइसियुमा र भेन्टिलेटरमा २५ जना संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमित भई होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ३४ रहेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ६ सय ७८ रहेको डा गौतमले बताएका छन्।

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो
नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय २२ पुगेको छ। ५ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

 


Thali Mobile Pvt.Ltd.