भर्खरै : Sorry, your browser does not support inline SVG.

थप २३२ जनासहित नेपालमा काेराेना संक्रमित १५४९१ पुग्दा ३४ को मृत्यु (भिडियाेसहित)

थप २३२ जनासहित नेपालमा काेराेना संक्रमित १५४९१ पुग्दा ३४ को मृत्यु (भिडियाेसहित)

२० असार २०७७ काठमाडौं । आज थप २३२ जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पोजेटिभ देखिएको हो । अहिले सम्मको तथ्याङ्क हेर्दा नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २७२ जना निको भएर घर फर्किएका छन् भने डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ । हाल सम्म नेपालमा संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज मृत्यु हुने एक जना देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।उपचारका क्रममा मृत्यु भएपछि पिसिआर परीक्षण गरिएको थियो । उनको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको गौतमले बताए ।

भिडियाे हेर्न यहाँ थिच्नुस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/269890574301817/

११ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित
नेपालका ११ जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । हालसम्म प्रदेश नम्बर २ का रौतहट, महोत्तरी र सलार्ही, प्रदेश नम्बर ५ का कपिलवस्तु, पाल्पा र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी र बाजुरा जिल्लामा पाँच सय भन्दा बढी संक्रमित देखिएका छन् । रौतहटमा १ एकहजार ३६ पुरुष र ६१ महिला संक्रमित पुष्टि भएका छन् ।

महोत्तरीमा ७ सय ३ पुरुष र ३१ महिला संक्रमित छन् । सर्लाही पुरुष ६ सय २८ र महिला ४६ संक्रमित पुष्टि भएका छन् । प्रदेश ५ को कपिलबस्तुमा ६ सय ९२ पुरुष र ६१ महिला संक्रमित भएका छन् । त्यसैगरि, दाङमा ५ सय १९ पुरुष र १०७ महिला, पाल्पामा ४ सय ९५ पुरुष र ४३ महिला, कर्णाली प्रदेशको दैलेखमा ७ सय ४२ पुरुष र ५५ महिला, सुदुरपश्चिम प्रदेशको कैलालीमा पुरुष ६ सय ५९ पुरुष र १७० महिला, अछाममा पुरुष ४ सय ६७ र महिला १ सय १९ जना संक्रमित भएका छन् ।

डोटीमा ३ सय ९० पुरुष र १६३ महिला, बाजुरामा ३ सय ६८ पुरुष र १सय ७१ महिला संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १७, डडेल्धुराका ३, डोटीका ३, गुल्मीका ९, कञ्चनपुरका ६, नवलपरासी ४, पाल्पाका १६, प्यूठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा कोरोना भेटिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ र सिरहाका ६ जनामा कोरोना पुष्टि भएको हाे ।

कोशी अस्पताल प्रयोगशाला विराटनगरमा इलाम र झापाका १र१ र मोरङका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४ जनामा कोरोना पाइएको छ । गत २० घण्टामा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३६ र सिरहाका १५ जनामा कोरोना भेटिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका ६ र नवलपरासी पूर्वका ७, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बागलुङ र म्याग्दीका ३र३ र स्याङजा र तनँहुका १र१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका ३ र प्यूठानका २, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका ५ र रोल्पाका २, दैलेख प्रयोगशालामा दैलेखका १ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित प्रदेश दुईमा भेटिएको छ । सबैभन्दा कम बागमति प्रदेशमा भेटिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, बागमतिमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३, प्रदेश ५ मा ९ सय ४२, कर्णालीमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८२ जना संक्रमित भेटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.