भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या १३५६४ (भिडियाे)

थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या १३५६४ (भिडियाे)

१६ असार २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/262304465067364/

३१६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । आज थपिएका ३१६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३१९४ पुगेको छ भने कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ ।देशका सबै जिल्लामा संक्रमण फैलिएको छ ।

काठमाडौं र ललितपुरमा १३ जना संक्रमित थपिए
काठमाडौं र ललितपुरमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२ र ललितपुरमा १ गरी १३ जना संक्रमित थपिएको जानकारी दिए । थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए ।

संक्रमण समुदाय स्तरमा देखियाे

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा अहिलेसम्म देखिएको कोरोना संक्रमितमध्ये ६ प्रतिशत समुदायकै व्यक्तिमा देखिएको बताएका छन् । स्वास्थ्य मन्त्री ढकालले नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै ९४ प्रतिशत संक्रमण भने विदेशबाट आएका व्यक्तिमा देखिएको बताएका छन् ।

हालसम्म नेपालमा १३ हजार ४ सय ४८ संक्रमित देखिएका छन्। त्यसमध्ये ३ हजार १ सय ३४ जना निको भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले एक करोड ५७ लाख बराबरको ७ भेन्टिलेटर सहित तीन सय थान गगल्स, एक हजार एक सय ५० सर्जिकल मास्क, पाँच सय ५० डिस्पोजल कभर, ग्लोब्स २० हजार थान, ४ सय ५० थान बुट, दुई ५० वटा स्यानिटाइटर लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाएको छ । मन्त्री ढकालले स्वास्थ्य सामग्री सहयोगले स्वास्थ्यकर्मीको मनोबल बढ्ने बताए ।

डब्लुएचओको टोली चीन जाँदै
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको स्रोत पत्ता लगाउन एक टोली चीन पठाउने भएको छ । डब्लुएचओ टोली आगामी साता चीन जाने जनाइएको छ । डब्लुएचओ अधिकारीहरुले गत मेको सुरुदेखि नै कोरोना कहाँबाट फैलिएको हो भन्नेबारेमा अध्ययन गर्न विशेषज्ञको टोली बोलाउन चीनसँग आग्रह गर्दै आएको छ। टोलीमा को–को रहनेछन् भन्नेबारेमा भने डब्लुएचओले स्पष्ट पारेको छैन । वैज्ञानिकरुले भाइरस चीनको वुहान सहरस्थित जनावरको बजारबाट फैलिएको अनुमान गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.