विराटनगर । संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । विराटनगरमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । विराट शिक्षण अस्पतालमा दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
भारत साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान मृत्यु भएको हो । झापाको गौरादह नगरपालिका–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
