काठमाडौँ । उपत्यकामा मात्र ४ हजार १ सय ९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।
२४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।
देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप ३६ गरी ८८ संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
