भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

थाइ एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज

थाइ एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज

काठमाडौं । थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरणले रद्ध गरेको छ ।

थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा आजदेखि बन्द गर्ने निर्णय भएको उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनले भने, ‘विगत लामो समयदेखि थाइ एयरलाइन्सले गर्दै आएको सेल्फ ग्राउण्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको छ । सहायक कम्पनी, जिएसए कम्पनीले गर्दै आएको सेवाहरु आजका मितिदेखि बन्द भएका छन् । अब ग्राउण्ड ह्याण्डलिङको सबै काम नेपाल वायुसेवा कम्पनीले गर्नेछ ।’

थाइ एयरवेजले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयरवेजले बुझाउनुपर्ने वक्यौता एक करोड रुपैयाँ भन्दा बढी छ ।

जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको उनको भनाइ छ ।

थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग लेनदेनको कुराकानी अडियो सार्वजनिक भएपछि विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.