भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

थामि नसक्नु बजार भाउ, सम्बन्धीत निकाय वेवारिसे बन्दै

थामि नसक्नु बजार भाउ, सम्बन्धीत निकाय वेवारिसे बन्दै

काठमाडौं । सम्बन्धीत निकाय वेवारिसे बन्दा पछिललो समय बजार भाउ थामि नसक्नु भएको छ । चुनावपछि दैनिक उपभोग्य वस्तुको मूल्य २५ प्रतिशतले बढेपछि बजार भाउ थामि नसक्नु भएको हो । बजार भाउ बृद्धि भएपछि सर्वसाधारणलाई बाँच्नै मुस्किल हुने अवस्था सिर्जना भएको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन बढ्दा पनि सरकारको बेवास्ता झनै बढ्दै गएको छ । नयाँ धान बजारमा आउने बेला पनि चामलकै मूल्य समेत अत्यधिक बढेको छ । ६८ लाख मेट्रिक टन धान आवश्यक पर्नेमा ५४ लाख मेट्रिक टन धान उत्पादन भएको छ ।

१४ लाख टन धानको अपुग हुने भएपछि पछिल्लो तीन महिनामा मात्रै चार अर्ब रुपैयाँको चामल भित्रिएको तथ्यांकले देखाएको छ । कात्तिक यता आटामा प्रति किलो २५ रुपैयाँ र मैदामा २० रुपैयाँ मूल्य बढेको तथ्यांक रहेको छ । चामलमा प्रतिकिलो १० देखि १८ रुपैयाँसम्म बढेको छ भने ठूला व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी ढंगले बताएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.