भर्खरै : Sorry, your browser does not support inline SVG.

दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना खोप निःशुल्क

दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना खोप निःशुल्क

सउल । दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप प्रदान गर्ने भएको छ ।

कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले बताए।यसअघि स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने भनिएको थियो । सरकारले नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने निर्णय गरेको हो ।

यो निर्णण्सँगै ५० हजारभन्दा बढी नेपालीले उक्त खोप निःशुल्क प्राप्त गर्ने भएका छन्। आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक र पत्रकारलाई लगाइने छ ।

त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ भने अवैधानिक तवरले बस्ने विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा सशुल्क दिने भन्नेबारे सरकार निर्णय लिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.