भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

दलहरू चुनावमा केन्द्रीत, शीर्ष नेता देश दौडाहामा

दलहरू चुनावमा केन्द्रीत, शीर्ष नेता देश दौडाहामा

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरू निर्वाचन लक्षित अभियानमा केन्द्रीत हुन थालेका छन् । विभिन्न कार्यक्रममार्फत जनतासँग जोडिने अभियान सुरु गरेका छन् ।

सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रीत गतिविधिमा तीव्र सक्रियता देखाएका छन् ।

अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत २९ गतेसम्म १ महिने अभियान सञ्चालन गर्दैछ ।

अभियानको लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाउने निर्णय गरेको छ । १ महिने अभियानका ८ उद्देश्य समेत तय गरेको कांग्रेसले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि अभियानमा परिचालन गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.