भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

दशैंका बेला पनि नेविल बैंकका शाखाहरू खुल्ला रहने

दशैंका बेला पनि नेविल बैंकका शाखाहरू खुल्ला रहने

काठमाडौं । नबिल बैंकका केही शाखाहरु विजया दशमीको टिकाका दिन बाहेक अन्य दिनहरुमा खूल्ला रहने भएका छन् । उक्त काउन्टरहरुबाट सेवाग्राहीहरुले १० लाख रुपैयाँसम्म डिपोजिट र २ लाख रुपैयाँसम्म पैसा झिक्ने सक्ने व्यवस्था मिलाइएको हो ।

दशैंका बेला पनि बैंकले आफ्नो सेवा प्रवाह नरोकिने गरी केही एक्सटेन्सन काउन्टरहरु खुल्ला राख्ने जनाएको हो । बैंकले धरान शाखा कार्यालयहरूबाट १६ देखि २१ सम्म दिन मिलाएर बिहान १० बजेदेखि १ बजेसम्म विराटनगर, इटहरी, इटहरी पश्चिम लाइनमा खुल्ला हुने जनाएको छ ।

त्यस्तै बीरगञ्ज र जनकपुर शाखा कार्यालयहरूबाट बिहान १० बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुने बताइएको छ भने बागमती प्रदेशका ललितपुर, कुमारीपाटी–२, बिजुली बजार, घण्टाघर, महाराजगंज खिचापोखरी, न्युरोड, टाँडी, नारायणगढ, हेटौंडा, अमलेखगञ्ज र तातोपानी एक्सटेन्सन काउन्टर टिकाको दिन बाहेक अन्य दिन बिहान १० बजेदेखि १ बजेसम्म खुल्ने छन् ।

बैंकको काठमाडौं तीनधारास्थित ब्रान्च दिउँसो १ बजेदेखि ४ बजेसम्म खुल्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका शाखा कार्यालयहरु पनि बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.