भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दसैँका काठमाडौं भित्रिए च्याङ्ग्रा

दसैँका काठमाडौं भित्रिए च्याङ्ग्रा

काठमाडौं । यस वर्षको विजया दशमी अर्थात बडादशैंका लागि दार्चुला, बझाङ, बैतडीबाट धेरै सङ्ख्यामा च्याङ्ग्रा काठमाडौं ल्याइदै छ । मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलालगायतका क्षेत्रबाट च्याङ्ग्रा ल्याउन लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बताएको छ ।

विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकोमा मूल्यलगायत कारण समस्या भएपछि यस पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन लागिएको कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले बताए । कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वाससमेत गरिएको छ । यसैबीच, स्थानीय पालिकाका जनप्रतिनिधिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ ।

कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दशैँ अघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको हो । ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.