भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

दसैँका काठमाडौं भित्रिए च्याङ्ग्रा

दसैँका काठमाडौं भित्रिए च्याङ्ग्रा

काठमाडौं । यस वर्षको विजया दशमी अर्थात बडादशैंका लागि दार्चुला, बझाङ, बैतडीबाट धेरै सङ्ख्यामा च्याङ्ग्रा काठमाडौं ल्याइदै छ । मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलालगायतका क्षेत्रबाट च्याङ्ग्रा ल्याउन लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बताएको छ ।

विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकोमा मूल्यलगायत कारण समस्या भएपछि यस पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन लागिएको कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले बताए । कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वाससमेत गरिएको छ । यसैबीच, स्थानीय पालिकाका जनप्रतिनिधिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ ।

कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दशैँ अघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको हो । ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.