दाङ । बेलझुण्डीको नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ। केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरुले ताला लगाएका छन् ।
सरकारी हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्दी नखुलेसम्म तालाबन्दी जारी रहने विद्यार्थीले बताएका छन्र । विद्यार्थीहरुले यसअघि पनि विभिन्न माग राख्दै विश्वविद्यालयमा २१ बुँदे माग राखेका थिए।
तर, माग पूरा नभएको भन्दै विद्यार्थीहरूले ताला लागाउन बाध्य भएकाे बताए । विरोध स्वरुप घोराही–तुलसीपुर सडक विद्यार्थीलेआधा घण्टा अवरुद्ध गरेका थिए ।
