भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाँच वर्ष बित्यो तर पुलको दुई पिल्लर मात्रै ठडिए

पाँच वर्ष बित्यो तर पुलको दुई पिल्लर मात्रै ठडिए

प्यूठान । पुल निर्माण गर्न थालेको पाँच वर्ष बितिसक्दा पनि झिमरुक नदीको वारिपारि दुईवटा पिलरमात्रै ठडिएका छन् । २०७४ मा निर्माण सुरु भएको ऐरावती गाउँपालिकाको झिवाङमा पुलको अहिलेसम्म १० प्रतिशतमात्रै काम भएको हो ।

पुल नहुँदा वर्षायाममा गाउँ सडक सञ्जालसँग विच्छेद हुने गरेको ऐरावती–५ झिवाङका रामबहादुर रोका क्षत्रीले बताए । समयमै पुल निर्माणको काम नहुँदा आफूहरूलाई समस्या भइरहेको स्थानीयले बताएका छन् ।

पुल अभावमा यातायातका साधन चल्न सकेका छैनन् । १२ करोड २४ लाख ५९ हजार ७ सय ७४ रुपैयाँमा पुलको ठेक्का सम्झौता भएको थियो । सपना जयबागेश्वरी जेभीले निर्माणको ठेक्का पाएको हो ।

११ करोड ७९ लाख ८० हजार ६ सय ४१ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको बरौला–अर्लावाङ जोड्ने पक्की पुल पनि सम्झौता भएको मितिले दुई वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । ठेकेदार कम्पनीले डिजाइन अनुसारको पुल निर्माण गर्न नसकिने बताउँदै आएको छ ।

सपना जयबागेश्वरी जेभीका प्रतिनिधि वीरेन्द्र शाहीले पुलको डिजाइनमै समस्या रहेको बताए । दुईवटै पुलमा पाइल फान्डेसनमार्फत निर्माण गर्ने सम्झौता भएको हो ।

तर, उक्त स्थानमा पाइल फाउन्डेसनमा पुल बनाउन सकिने अवस्था छैन । पुल निर्माण गर्ने स्थानमा कडा खालको चट्टान हुँदा समस्या भएको भन्दै ठेकेदार कम्पनीले झिवाङ र बरौलाका दुवै पुलको पुनः स्टिमेटका लागि सडक डिभिजन कार्यालयमा निवेदन दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.