भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

दुई एयरलाइन्सको उडान कटौती

दुई एयरलाइन्सको उडान कटौती

काठमाडौं । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ ।

सञ्चालन खर्च समेत नउठेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनको तालिकामा भैरहवाबाट उड्न बाध्यकारी गराउन थालेको हो ।

त्रिभुवन विमानस्थलबाट दैनिक प्रति तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने नियम बनाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

आइतबारदेखि हिमालय र नेपाल वायुसेवा निगमले त्रिुभवन विमानस्थलबाट गर्ने दुई–दुई वटा उडान भैरहवामा सार्नुपर्ने थियो । तर, दुबै कम्पनीले भैरहवाबाट उडान गर्ने गरी नयाँ तालिका नबनाएपछि प्राधिरकणले आइतबार नेपाल वायुसेवा निगमको दिल्लीमा हुने उडान रोकिदिएको हो ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सबाहेक एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजले पनि दैनिक तीनभन्दा बढी उडान त्रिुभवन विमानस्थलबाट गर्छन् । तर, उनीहरुलाई भैरहवमा उडान सार्ने म्याद १५ डिसेम्बर २०२२ सम्म दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.