भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

कात्तिक नाच सुरु, १० दिनसम्म चल्ने

कात्तिक नाच सुरु, १० दिनसम्म चल्ने

काठमाडौं । ३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच सुरु भएको छ । ललितपुरको ऐतिहासिक नाच यसवर्ष १० दिनसम्म चल्ने भएको छ ।

कात्तिक नाच संरक्षण समितिका अनुसार कात्तिक २२ गतेसम्म मङ्गलबजारको कात्तिक दबलीमा बेलुकी ७ बजेसम्म नाच देखाइने भएको हो ।

हरेक दिनको नाचका लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुन्छन् ।

विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाइने गरिन्छ । नाचमा दैत्य जगाउने परम्परा छ ।

भक्त सुरदास प्याँख देखाएर सुरु भएको कात्तिक नाच कात्तिक २२ गते दधिलिलाको नाच देखाएर समापन गरिने बताइएको छ ।

कात्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार कात्तिक २० गते देखाइनेछ । यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुनेगर्दछ। नेपाल सम्वत् ७६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपालि ३ सय ८२ वर्ष पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.