भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

इन्टरनेट प्रयोग गर्दा ध्यान दिनुस्, सुरक्षित रहन यसो गर्नुस

इन्टरनेट प्रयोग गर्दा ध्यान दिनुस्, सुरक्षित रहन यसो गर्नुस

काठमाडौं । मानव जीवनमा इन्टरनेट अभिन्न अंग बनिसकेको छ । इन्टरनेटविना दैनिकी असफल जस्तै बन्न थालेको छ ।इन्टरनेटबाट महत्त्वपूर्ण डाटा चोरी हुने सम्भावना पनि त्यतिकै छ । विश्वमा साइबर सुरक्षा निकै चुनौति थपिएको छ ।हामीले प्रयोग गर्ने मोबाइल तथा ग्याजेटबाट डाटा चोरी हुने सम्भावना हुन्छ ।

यस्ता चुनौतीको सामना गर्न सक्नु पर्छ । तपाईं अनलाइन आउँदा, मोबाइल प्रयोग गर्दा, तस्वीरहरु खिच्दा, कुनै चीज सर्च गर्दा पनि डाटा चोरी भइरहेको हुनसक्छ । त्यसैले गुगल या अन्य ब्राउजरमा केही खोजी गर्दै हुनुहुन्छ भने सुरक्षित रहन यसरी जोगिनुस् ।

ब्राउजिङ गर्दा इंकोग्निटो मोड
हरेक ब्राउजरमा इंकोग्निटो मोड हुन्छ । कुनै ब्राउजरमा प्राइभेट मोड भनेर नाम दिइएको हुन्छ । इन्टरनेटमा कुनै चीज खोजी गर्दा इंकोग्निेटो या प्राइभेट ब्राउजर प्रयोग गर्दा डाटा चोरी हुने सम्भावना कम हुन्छ ।

पप–अपबाट डाटा चोरिने डर
हामीले कुनै साइट खोल्दा या मोबाइलमा ब्राउज गर्दा पप–अप एडहरु देखिन्छन् । ती एडहरुमा आकर्षक कुरा लेखिएका हुन्छन् । कुनैले रकम जितेको भन्दै लोभ्याउँछन् । यस्ता पप–अप स्क्रिनमा आइरहन्छन् । त्यसैले यस्ता ट्याबहरु तत्काल बन्द गर्नुपर्छ । यसले सिस्टम नै स्लो गर्ने कार्य पनि गर्छन् ।

फरक फरक पासवर्ड राख्ने
हामीमध्ये धेरैको बानी भुल्न सकिन्छ भनेर हरेक साइटमा एउटै पासवर्ड राख्ने गरिन्छ । यदि कुनै तरिकाले एक ठाउँको पासवर्ड राखियो भने अर्को साइटको पासवर्ड पनि गेस गरेरै अरुले प्रयोग गरिदिन सक्छन् । त्यसैले पासवर्ड राख्दा फरक फरक पासवर्ड राख्ने गर्दा इन्टरनेट ह्याकिङमा सहज हुन्छ ।

लोकसन शेयर नगर्ने
स्मार्टफोनमा हामीले आफ्नो लोकेशन शेयर गरिरहेका हुन्छौं । यसो गर्दा कसैले कुनै एपका माध्यमबाट हामीलाई पछ्याइरहन पनि सक्छन् । एप प्रयोग गर्दा जरुरीबाहेक अरु प्रयोजनका लागि लोकेशन शेयर नगर्नुस् । शेयर नगर्न मोबाइलको सेटिङ ट्याबमा गएर लोकेशनलाई डिसेबल गर्न सकिन्छ ।

बेवसाइटमा डेबिट र क्रेडिट कार्ड शेयर नगर्ने
कुनै अनलाइन साइटमा शपिङ गरेपछि आफ्नो क्रेडिट या डेबिट कार्डको जानकारी दिनुपर्ने हुन्छ । तर, यही मौका पारेर कतिपय साइटहरुले डेबिट–क्रेडिट कार्डको जानकारी मागिरहेका हुन्छन् । यसरी डाटा दिँदा आफ्नो कार्डमा भएको रकम चोरी हुने प्रबल सम्भावना हुन्छ ।

जथाभावी लिंक नखोल्ने
इन्टरनेटको प्रयोग गर्दा हामीले विभिन्न विज्ञापनहरु देख्ने गर्छौं । ती विज्ञापनका माध्यमबाट कसैले सामाजिक सञ्जालको पासवर्ड पनि मागेका हुन्छन् भने कसैले अनेक अफरको बहानामा डाटा चोरी गर्ने गर्छन् । त्यसैले आफूले विश्वास गरेका लिंकहरु मात्र खोल्ने अरुलाई हटाउने गर्नुपर्छ ।

शंका लागे वित्तिकै ब्लक गर्ने
कसैले सामाजिक सञ्जालमार्फत अनेक बहाना बनाएर पासवर्ड, बैंक खाता माग्ने गरेको छ भने त्यस्तालाई ब्लक गरिदिनुस् । कसैले लिंक पठाएर पनि तपाईंको डाटा चोरी गर्न सक्छ । त्यसैले आफूले विश्वास गर्ने बाहेक अरु लिंक खोल्दा या उनीहरुका कुरा पत्याउँदा ख्याल गर्ने गर्नुस् । नत्र नराम्ररी फन्दामा पर्नुहोला, होस गर्नुस् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.