भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई माइक्रो बस ठोकिँदा १२ जना घाइते

दुई माइक्रो बस ठोकिँदा १२ जना घाइते

तनहुँ । पृथ्वीराज मार्गमा अन्तरगर्त आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा माइक्रो बस एक आपसमा ठोकिँदा १२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परि बा २ ख ४०२० नम्बरको माइक्रोमा सवार १२ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

आँबुखैरेनी जाँदै गरेको बा २ ख ४०२० नं को माईक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माईक्रो मङ्लगबार राती ९ः२० बजे एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । घाइतेहरू मध्ये चार जनाको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ खाँडले बताए ।

दुर्घटनामा परी तनहुँको ब्यास नगरपालिका–४ बस्ने वर्ष २५ का गणेश राई सख्त घाइते भएका छन् । यसै गरी कास्की पोखरा महानगरपालिका–२१ बस्ने वर्ष ४१ को विजय पौडेल, वर्ष ४५ को प्रेम ठकुरी, १९ वर्षीय रोशन ठकुरी, पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ४४ को मनोज तामाङ, वर्ष ३६ की सबिता श्रेष्ठ तामाङ घाइते हुनु भएको छ ।

यसै गरी रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ बस्ने २६ की प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका–२१ बस्ने १८ वर्षीय आइजन गुरुङ घाइते हुनु भएको । घाईत आठै जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

धादिङ नीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष २४ को राजु गिरी, गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ बस्ने वर्ष ३६ को रामप्रसाद गुरुङ, तनहुँको व्यास नगरपालिका– ११ बस्ने वर्ष ४० को डिल्लीराम भुजेल, कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ३८ की लेकाली गुरुङको आँबुखैरेनीमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.