भर्खरै : Sorry, your browser does not support inline SVG.

दुई वर्ष अघि वेपत्ता भएकी एक महिला समुद्रमा जिवित्तै भेटिइन् ! (भिडियोसहित)

दुई वर्ष अघि वेपत्ता भएकी एक महिला समुद्रमा जिवित्तै भेटिइन् ! (भिडियोसहित)

काठमाडौं । कोलम्बियाकी एक महिला दुई वर्ष अघि वेपत्ता भएकी थिइन् । तर अच्चमको कुरा वेपत्ता भएको दुई बर्षपछि उनी समुद्रमा जिवित्तै भेटिएकी छिन् । एन्जेलिका जाइतन नाम गरेकी महिला समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको द सनले जनाएको छ ।

४६ वर्षकी एन्जेलिकालाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीहरुले भेट्टाएका हुन । प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुन्द्रको बिचमा एन्जेलिका भेटिएको हो । उनलाई उद्धार गरेको भिडियो यतिबेला विश्वभर भाइरल बनिरहेको छ।एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले म मरोस् भन्ने चाहेका रहेनछन्’ भन्ने शब्द उच्चारण गरेको बताइएको छ ।

आरसीएन रेडियोसँग उनले आफ्नो कथा पनि खोलेकि छन् । २० वर्षसम्म श्रीमानको दुव्र्यवहार सहेको र पीडा सहन नसकेपछि आफू सन् २०१८ मा घर छाडेर भागेको बताएकी छन् । श्रीमानले बेस्सरी पिट्दा उनको अनुहारमा ठूलो चोट लागेको थियो। श्रीमानले उनलाई मार्नै खोजका थिए।

हेर्नुहोस भिडियो…

घर छाडेर भागेपछि उनले ६ महिना सडमा मागेर खाइन् । उनले आश्रयस्थलमा पनि बास नपाएको बताइन् । यसरी जीवनमा ठूलो पिडा भोगेपछि आफूलाई बाँच्ने रहर नभएको र समुन्द्रमा हाम फालेको बताएकी छन्। समुन्द्रमा हाम फालेको आठ घण्टा पछि उनको उद्धार भएको बताईन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.