भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

दुबईमा १३ नेपाली अलपत्र

दुबईमा १३ नेपाली अलपत्र

दोहा । वैदेशिक रोजगारीका लागि यूएई पुगेका १३ नेपाली युवा अलपत्र परेका छन् । चार महिनाअघि दुबई पुगेका उनीहरु अलपत्र परेका हुन ।

अलपत्र पर्नेमा राजु सुनाम, सुदिप सारु मगर, कुवेर तामाङ, दिनेश सहनी, सजिर हुसेन, विजयनन्द यादव, धनबहादुर बयम्बु, रामचन्द्र बिक, दावा लामा, सुदर्शन बिकलगायत छन् । उनीहरुलाई एजेन्ट सुशील दोङ तामाङले दुबई पुर्‍याएको बताएका छन् ।

उनीहरूलाई पीएसबीडी सिक्युरिटी गार्डमा काम लगाईदिने र तलब पनि राम्रो हुने भन्दै टुरिस्ट भिसामा दुबई पुर्‍याइएको हो ।प्रतिव्यक्ति दुई लाखदेखि चार लाख तीस हजार रुपैयाँसम्म लिई भिजिट भिसामा दुबई लिएर अलपत्र पारेको सुदर्शन बिकले बताए ।

नेपाल फर्किन्छौँ भन्दा पनि पैसा फिर्ता नगरी बिचल्ली पारेको पीडित रामचन्द्र बिकले बताए । पीडितहरूले यूएईमा रहेको नेपाल एसोसिएसनलाई उद्धार गरी फसेको पैसा फिर्ता गराई पाउ भन्दै निवेदन दिएको बताएका छन् ।

एजेन्ट तामाङलाई सम्पर्कमा ल्याइ कानुनी दायरामा ल्याउन र आफूहरुलाई सकुशल नेपाल फर्किने वातावरण मिलाइदिन अबुधाबीस्थित नेपाली दूतावास, नेपाल सरकार, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

पीडितका  अनुसार तामाङले लिएको रुपयाँ ?
राजु सुनाम – दुई लाख
सुदिप सारु मगर – दुई लाख पचास हजार
कुवेर तामाङ् – दुई लाख
दिनेश सहनी – चार लाख
सजिर हुसेन – दुई लाख
विजयनन्द यादव – दुई लाख
धन बहादुर बयम्बु – दुई लाख सत्तरी हजार
रामचन्द्र बिक – चार लाख तीस हजार
दावा लामा – एक लाख
सुदर्शन बिक – चार लाख
पीडितका

 


Thali Mobile Pvt.Ltd.