दुर्घटनामा २४ प्रहरी घाइते, तीनको अवस्था गम्भीर

दुर्घटनामा २४ प्रहरी घाइते, तीनको अवस्था गम्भीर

उदयपुर । प्रहरी चढेको ट्रक दुर्घटनामा परी २४ जना घाइते भएका छन् । कार्यालयको काममा खटिएका २४ जना प्रहरी गएराती घाइते भएका हुन । उनीहरुको अहिले नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ ।

दुई जनाको जिल्ला अस्पताल उदयपुर र दुई जनाको त्रियुगा हस्पिटल गाईघाटमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । कामको सिलसिलामा कटारीबाट गाईघाटतर्फ आउने क्रममा प्रहरी कार्यालयको बा १ ग २१६७ नम्बरको ट्रक दुर्घटना हुँदा त्यसमा सवार २४ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।

दुर्घटनापछि घाइते प्रहरीहरुको उद्धारगरी जिल्ला अस्पतालमा १४ र त्रियुगा हस्पिटलमा १० जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको उनको भनाइ छ । गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा उक्त दुर्घटना भएको हो । ओरालोमा ट्रकको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.