भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कैलालीका बाढी पीडितलाई भोलन्टियर कोर नेपालको सहयोग

कैलालीका बाढी पीडितलाई भोलन्टियर कोर नेपालको सहयोग

टिकापुर । टिकापुर नगरपालिका वडा नं. ३ का डुबान पीडित स्थानीयले राहत पाएका छन् । वेमौसमी वर्षाले कैलालीका अधिकाँश ठाउँमा क्षेती पुर्याएको थियो । सबैभन्दा बढी क्षेती वडा नं. ३ का करिब ३५० बाढी प्रभावित परिवारलाई भोलन्टियर कोर नेपालले सहयोग गरेको हो ।

कैलालीको टीकापुर नगरपालिका ३ मा सोवर्स एक्सन, हङकङ, चीनको आर्थिक सहयोगमा कोर नेपालले खाद्यान्न सहयोग गरेको हो । प्रति परिवार एक बोरा चामल, २ केजी दाल, १ केजी नुन र एक लिटर खाना पकाउने तेल सहयोग गरेको हो । ओतलाग्नका लागि उनीहरुलाई १ सय तिरपाल, १ सय वाटर फिल्टर, १ सय कम्बल र २ सय थान सरसफाइ किट सहयोग गरेको सस्थाका अध्यक्ष दिपक चापागाईले बताए ।

सहयो पाउँदा बाढीपीडित खुशी भएको र थप सहयोगको अपेक्षा गरेको उपाध्यक्ष राधा मतांगीले बताइन् । डुबानबाट जोशीपुर गाउँपालिका, भजनी नगरपालिका बढी प्रभावित भएको थियो । यस्तै, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, शिवनगर, चमेलीपुर र विजयनगर मुक्त कमैया शिविरमा बाढी पसेपछि घरहरूमा क्षति पुगेको थियो ।

डुबानमा परेका परिवारको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो । भोलन्टियर कोर नेपालका प्रतिनिधि कैलालीपछि अहिले मुगुका आगलागी पिडितकहाँ सहयोग गर्न हुम्ला तर्फलागेको छ ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.