भर्खरै : Sorry, your browser does not support inline SVG.

दूध आयात गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह

दूध आयात गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत आग्रह गर्दै अध्यक्ष थापाले नेपालमै उत्पादित दूधले बजार नपाएको अवस्थमा दुधको आयत गर्ने निर्णय उचित नभएको बताए ।

नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय उपयुक्त छैन ।

किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर्न आग्रह गरेका छन।

 

 


Thali Mobile Pvt.Ltd.