भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

देउवा र ओलीबीच गोप्य भेट, सरकारसंग सहकार्य गर्ने ओलीको मनसाय

देउवा र ओलीबीच गोप्य भेट, सरकारसंग सहकार्य गर्ने ओलीको मनसाय

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटका क्रममा ओलीले सरकारसँग सहकार्य गर्ने मनसाय व्यक्त गरेका छन् । देउवाले आवश्यक परेपछि मात्रै सरकारमा सहकार्य गर्ने विषयमा सोच्ने बताए ।

ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी पास गराउन भूमिका खेल्न अनुरोध गरे । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि एमाले अध्यक्ष ओलीलाई भेट्न राति ९ बजेतिर पत्नी आरजु राणासहित देउवा बालकोट पुगेका थिए ।

प्रधानमन्त्री र ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि एमसीसी पास गर्ने विषयमा भएको छलफल बारे सार्वजनिक गरिएको छैन । ओलीसँगको भेटपछि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.