काठमाडौं । राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले तत्कालिन कांग्रेस नेतृत्वको सरकारले उद्योग तथा कलकारखानाहरु टाट पल्टाएर बन्द गराएको आरोप लगाएका छन् ।
२१ बर्षसम्म शासन गर्दा देशको पुरै आर्थिक अवस्था खोक्रो बनाएको काँग्रेसले बिराटनगर जुटमिल र बाँसबारि छाला उद्योगलगायत दर्जनौ उद्योग तथा कलकारखानाहरु बन्द गराएको स्मरण गरे । निर्बाचन सुरक्षा तथा स्वयंसेवक परिचालन कमिटिको प्रशिक्षण कार्यक्रममा धरान पुगेका दीपशिखाले कांग्रेसले बेचेका र बन्द गराएका उद्योग नेकपाले सञ्चालन गर्ने तयारी गरेको जिकिर गरे ।
विदेशीएका युवाशक्तिलाई स्वेदश फिर्ता गरेर देश विकासमा लगाउने भन्दै दीपशिखाले सरकारले अगाडि सारेको समृद्धिको अभियानलाई साथ दिन युवालाई आग्रह गरे ।

