भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

नयाँ अनुहार समेट्दै मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित)

नयाँ अनुहार समेट्दै मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित)

काठमाडौं । केहि लाई मन्त्री पदबाट हटाउदै ओली सरकारले बुधबार राति मन्त्रिमण्डल पुनर्गठन गरेको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् ।

६ जना नयाँ अनुहार नयाँ मन्त्रीमण्डलमा अटाएका छन् । ती अनुहार हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा नियुक्त भएका छन् । यस्तै तीन जना मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् ।

त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । यसअघि मन्त्री रहेका लालबाबु पण्डितलाई हटाइएको छ । यस्तै भुसाल चक्रपाणि खनाललाई विस्थापित गर्दै कृषि तथा पशुपक्षी मन्त्री बन्न सफल भएका छन् । यसैगरी मातृका यादवको ठाँउमा लेखराज भट्टलाई उद्योग तथा बाणिज्य मन्त्री बन्न सफल भएका छन् । रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न सफल भए उनी गोकर्ण विष्टको ठाँउमा समेटिए ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठ हटाएर बसन्तकुमार नेम्वाङ समेटिएका छन् । यस्तै महिला बालबालिका मन्त्री थपमाया थापालाई हटाएर पार्वत गुरुङ समेटिएका छन् । यस्तै उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीसहित कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै उपेन्द्रले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।

सूची

 


Thali Mobile Pvt.Ltd.