काठमाडौँ । देशभर थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।देशभर अहिले २० हजार ३९६ जना आइसोलेसनमा छन् । ५ हजार ७७८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
थप १० सहित मृतकको संख्या ४९१ पुग्यो
नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।
