भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

देशभर ८० वटा राजमार्ग मध्य पाँच मुख्य राजमार्ग बन्द

देशभर ८० वटा राजमार्ग मध्य पाँच मुख्य राजमार्ग बन्द

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको हो छ। पहिरोमा विद्युत्को तार रहेको र उक्त तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने प्रहरीले जनाएको छ । पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्। मुग्लिन–नारायणगढसहित देशका पाँच मुख्य राजमार्ग बन्द, १० वटा सडक एकतर्फी सञ्चालन भएका छन् । तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्गका रानी–विराटनगर–इटहरी–धरान–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथांका तथा तानसेन–रिडी–कोरला सडक एकतर्फी सञ्चालन भइरहेको छ।

सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–वर्तु–राम्दी–स्याङ्जा– पोखरा र कर्णाली राजमार्गको जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खेलाल–हिल्सा सडक एकतर्फी सञ्चालनमा रहेको छ । मेची राजमार्ग र तमोर करिडोरमा पर्ने पाँचथरको हेवाखोला क्षेत्रमा सडक बन्द छ ।

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको हाइटारमा र बेनी जोमसोम सडक अन्तर्गत म्याग्दीको तातोपानी क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध छ । देशभर ८० वटा राजमार्ग रहेता पनि कतिपय राजमार्ग वर्षाको बेला सञ्चालन हुने अवस्थामा नरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.