भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’

दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’

काठमाडौँ, । दैलेख जिल्लाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमणसँग जुध्नका लागि लागि प्राप्त २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ । सो स्वास्थ्य सामग्री गैरआवासीय नेपाली सङ्घ एनआरएनए मुख्यालयबाट हस्तान्तरण भएको हो । राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको समन्वयबाट एनआरएनए आइसिसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्वसैनिक सङ्घले स्वास्थ्य सामग्री नेपालको दुर्गम जिल्लाका लागि उपलब्ध गराएको अभियानकर्मी चक्रबहादुृर चन्दले जानकारी दिए ।

दैलेखका लागि करिब रु २८ लाख मूल्य बराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्वमन्त्री कुन्तीकुमारी शाहीको विशेष पहलमा जिल्लाका विभिन्न स्वास्थ्यचौकीमा पठाउन लागिएको हो । यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना सङ्क्रमणको बेला जिल्लामा विभिन्न किसिमले सहयोग गर्दै आउनुभएको जनाइएको छ ।