भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

दैलेखको दुल्लुमा नेमकिपाकाे विशाल चुनावी सभा सम्पन्न

दैलेखको दुल्लुमा नेमकिपाकाे विशाल चुनावी सभा सम्पन्न

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको मिति नजिकिँदै गर्दा नेमकिपाको देशव्यापी चुनावी दौडाहा जारी छ । यसैबीच आज दैलेखको दुल्लुमा विशाल सभा सम्पन्न भएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापतिले राष्ट्रघाती पार्टीका कारण देश संकटमा पर्दै गएको बताए । सार्वभौमिक्ता रक्षाका निम्ति जनताले मादल चिन्हमा मतदान गर्नु पर्ने भन्दै देश बेचुवाहरु विस्तारवादीहरुको अगाडी लम्पसार परेको बताए ।

जनताले पैसा लिएर नराम्रा मान्छेलाई जिताए देश नै नरहने प्रति संकेत गरे । जनताको पक्षमा कानुन निर्माण गर्न नेपाल मजदुर किसान पार्टीलाई जिताउनु पर्ने बताए । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाही, बजिरसिंह विश्वकर्मालगायतका नेताहरुले बोलेका थिए ।

कार्यक्रममा नेमकिपाका देशभक्त उम्मेदवारहरुलाई जिताउन आग्रह गर्दै उम्मेदवार केशेन्द्र प्रकाश कार्की, धनकुमारी शाहीलगायत रत्नेश श्रेष्ठले आ आफ्नो धारणा राखेका थिए । निरक बहादुर शाहीको सभापतित्वमा चुनावी सभा सम्पन्न भएकाे हाे ।

तस्वीरमा…

   

 


Thali Mobile Pvt.Ltd.