भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखको दुल्लुमा नेमकिपाकाे विशाल चुनावी सभा सम्पन्न

दैलेखको दुल्लुमा नेमकिपाकाे विशाल चुनावी सभा सम्पन्न

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको मिति नजिकिँदै गर्दा नेमकिपाको देशव्यापी चुनावी दौडाहा जारी छ । यसैबीच आज दैलेखको दुल्लुमा विशाल सभा सम्पन्न भएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापतिले राष्ट्रघाती पार्टीका कारण देश संकटमा पर्दै गएको बताए । सार्वभौमिक्ता रक्षाका निम्ति जनताले मादल चिन्हमा मतदान गर्नु पर्ने भन्दै देश बेचुवाहरु विस्तारवादीहरुको अगाडी लम्पसार परेको बताए ।

जनताले पैसा लिएर नराम्रा मान्छेलाई जिताए देश नै नरहने प्रति संकेत गरे । जनताको पक्षमा कानुन निर्माण गर्न नेपाल मजदुर किसान पार्टीलाई जिताउनु पर्ने बताए । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाही, बजिरसिंह विश्वकर्मालगायतका नेताहरुले बोलेका थिए ।

कार्यक्रममा नेमकिपाका देशभक्त उम्मेदवारहरुलाई जिताउन आग्रह गर्दै उम्मेदवार केशेन्द्र प्रकाश कार्की, धनकुमारी शाहीलगायत रत्नेश श्रेष्ठले आ आफ्नो धारणा राखेका थिए । निरक बहादुर शाहीको सभापतित्वमा चुनावी सभा सम्पन्न भएकाे हाे ।

तस्वीरमा…

   

 


Thali Mobile Pvt.Ltd.